बालाचतुर्दशी : पशुपतिमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्दै भक्तजन, राति १२ बजेपछि शतबीज छरिँदै
pahilopost.com · Thu Dec 02 17:21:50 GMT 2021
काठमाडौं : मंसिर कृष्ण चतुर्दशीका अवसरमा पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ। पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ।
बालाचर्तुदशीको अघिल्लो रात मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ। बिहीवार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले राति १२ बजेपछि पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)