महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
nepalnews.com · Mon Jun 08 09:27:01 GMT 2026

महेन्द्रनगर। महेन्द्रनगरमा स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ।
कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व-पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो। सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)