बाल अस्पतालको एक करोड रुपैयाँ दुरुपयोगको आरोपमा राजपाक्षे पत्नी पक्राउ
nagariknews.nagariknetwork.com · Wed Oct 07 14:43:22 GMT 2026

श्रीलंकाकी पूर्वप्रथम महिला शिरन्थी राजपाक्षेलाई बाल अस्पतालका लागि उठाइएको चन्दा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ। आयोगका एक अधिकारीले उनको पक्राउ ‘सिरिलिया साविया फाउन्डेसन’सँग सम्बन्धित रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)