मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आसपासका उद्योग स्थानान्तरण गर्नू

gorkhapatraonline.com · Wed Aug 27 23:59:41 GMT 2025

सर्वोच्च अदालतले लुम्बिनी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दीर्घकालीन संरक्षणका लागि लुम्बिनीको निश्चित क्षेत्रभित्रका उद्योग स्थानान्तरण गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको आदेश बुझेको दुई वर्षसम्म स्थानान्तरण नभएका उद्योग बन्द गर्न पनि अदालतले सरकारका नाममा परमादेश आदेश जारी गरेको हो । सर्वोच्चको परमादेशले लुम्बिनी आसपासका सिमेन्ट, स्टिल तथा स्न्याक्सलगायतका ६३ उद्योग प्रभावित हुने छन् । अदालतले नयाँ उद्योग अनुमति नदिन पनि आदेश गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेतको रिटमा लुम्बिनी क्षेत्रको धार्मिक र जैविक विविधता संरक्षणका लागि भन्दै उद्योग स्थानान्तरणको आदेश गरेको हो । नेपाल औद्योगिक प्रवर्धन बोर्डको २०६६ को निर्णयलाई मुख्य आधार मानेर अदालतले सर्तसहित आदेश गरेको हो । अदालतले धुलो, धुवाँ तथा कार्बनजन्य उद्योग स्थानान्तरण र अनुमति बन्देज गरेको हो । लुम्बिनीको पर्खाल घेराको पूर्व पश्चिम, उत्तर १५ किलोमिटर दुरीसम्मका तथा दक्षिणमा भारतीय सीमासम्मका उद्योगका हकमा यो आदेश लागु हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)