आज काठमाडौंमा घाम लाग्ने, गर्मी पनि बढ्ने सम्भावना
corporatenepal.com · Thu Aug 06 01:46:15 GMT 2026

काठमाडौं । आज (बिहीबार) काठमाडौं उपत्यकामा दिनभर मौसम सामान्यदेखि आंशिक बदली रहने भए पनि घाम लाग्ने र तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान र दिउँसो तत्काल वर्षाको सम्भावना न्यून रहेकाले उपत्यकावासीले केही समय घाम देख्न पाउनेछन् । यद्यपि, अपराह्न ढल्किँदै जाँदा वा साँझतिर भने हल्का वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए ।
आज बिहान करिब साढे ६ बजे जानकारी दिँदै मौसमविद् अधिकारीले काठमाडौंमा तत्काल पानी पर्ने अवस्था नरहेको उल्लेख गर्दै दिनभर घाम लाग्ने र त्यसको प्रभावले तापक्रम पनि बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)