मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भुटानलाई पराजित गर्दै लाओसले कायम राख्यो फाइनल सम्भावना

deshsanchar.com · Sat Mar 25 15:54:44 GMT 2023

काठमाडौँ- काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको आफ्नो दोस्रो खेलमा लाओसले भुटानलाई २-१ ले पराजित गरेको छ। दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा बोन्पाचान बोन्कोंगले दुई गोल गरेपछि लाओसले पहिलो जति हासिल गर्यो।

प्रतिस्पर्धात्मक खेलमा लाओसले खेलको सुरुवातमानै अग्रता लिएको थियो। तर भुटानले पहिलो हाफमानै बराबरी गोल गर्न सफल भयो। खेलको तेस्रो मिनेटमा नै लाओसले बोन्पाचान बोन्कोंगको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो। तर खेलको ३४ औं मिनेटमा भुटानले बराबरी गोल गर्यो। भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)