दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीलाई थप ६ दिन हिरासतमा राख्न अनुमति
techpana.com · Thu Aug 06 02:03:42 GMT 2026

काठमाडौं । सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ मूल्य बराबरको सम्पत्ति र पूर्वाधार गैरकानुनी रूपमा लिलामी एवं हिनामिना गरेको अभियोगमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीविरुद्ध अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ। जिल्ला अदालत काठमाडौँले बुधबार भण्डारीमाथि थप अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको हो ।
गत बिहीबार मध्यराति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परेका ५२ वर्षीय भण्डारीलाई यसअघि अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । भण्डारीमाथि ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)