मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईपीजी प्रतिवेदनको चाबी परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण

nepalviews.com · Thu Jun 04 16:06:13 GMT 2026

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी–एनआईआर) का दुवै देशका प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी तयार पारेको प्रतिवेदन तथा सम्बन्धित कागजात सुरक्षित राखिएको दराजको चाबी नेपाल पक्षका संयोजक भेषबहादुर थापाले परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका छन् ।

ईपीजीले नेपाल–भारत सम्बन्धका विविध पक्षहरूको अध्ययन तथा समीक्षा गरी तयार पारेको उक्त प्रतिवेदनमा दुवै देशका प्रतिनिधिहरूले सहमति जनाउँदै संयुक्त हस्ताक्षर गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)