टेलिमेडिसिन सेवामा सुधार ल्याउन विषयमा छलफल
ratopati.com · Wed Oct 07 15:35:21 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा मन्त्रालयमा बुधबार छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको उक्त छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, विभागका निमित्त महानिर्देशक, पाटन र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुख सहभागी थिए।