हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
ratopati.com · Thu Aug 06 02:12:21 GMT 2026

तेहरान । इरान र ओमान महत्वपूर्ण हर्मुज जलडमरू पुनः खोल्ने सम्झौताको अन्तिम चरणमा पुगेका छन्। दुवै देशले जलडमरू हुँदै जहाज आवतजावत गर्ने मार्गका भौगोलिक निर्देशांकमा सहमति गरेपछि सम्झौता छिट्टै अन्तिम रूप लिन सक्ने इरानले जनाएको छ। हर्मुज विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले यहाँको तनावले विश्व बजार र ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पार्दै आएको छ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिच वार्ता भइरहेको दाबी दोहोर्याउँदै आफू युद्धभन्दा कूटनीतिक समाधानको पक्षमा रहेको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिका र इरानबिचको प्रारम्भिक सम्झौता ४८ घण्टाभित्रै हुन सक्ने सम्भावना छ। प्रस्तावित सम्झौताको मुख्य विषय हर्मुज जलडमरू पुनः खोल्नु हुनेछ र यसले दुई देशबीच थप व्यापक वार्ताको बाटो खोल्न सक्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)