डीएभी र ह्युमन रिसोर्स सोसाइटीको आयोजनामा कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न
corporatenepal.com · Thu Aug 06 02:08:41 GMT 2026
काठमाडौं । डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपालको संयुक्त आयोजनामा तेस्रो संस्करणको डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता–२०२६ अगस्ट २ मा सफलतापूर्वक सम्पन्न भएको छ। साउन १५ देखि १७ (जुलाई ३१ देखि अगस्ट २) सम्म ललितपुरको जावलाखेल खेल मैदानमा आयोजित तीनदिने यस प्रतियोगिताले खेलकुदमार्फत शैक्षिक क्षेत्र र कर्पोरेट क्षेत्रबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको थियो ।
टोली भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा ३२ वटा कर्पोरेट टोली सहभागी भएका थिए । सहभागी टोलीहरूमा वाणिज्य बैंक, बीमा कम्पनी, ट्रेडिङ कम्पनी, सूचना प्रविधि (आईटी) कम्पनी, अटोमोबाइल डिलर तथा उत्पादनमूलक उद्योगका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यसले प्रतियोगितालाई नेपालको कर्पोरेट क्षेत्रको विविधताको उत्कृष्ट प्रतिनिधित्व गर्ने मञ्च बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)