बीपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सुरु गर्नका लागि आवश्यक भौतिक पूर्वाधार तथा चिकित्सकीय तयारी तिब्र पारिएको छ। चीन सरकारको पूर्ण सहयोगमा भवन निर्माण, अत्याधुनिक उपकरण खरिद र चिकित्सक तथा नर्सहरूको तालिमलगायतका परियोजना अघि बढाइएको हो।
मानव शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्तकोष (आरबिसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्दछ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर (बोनम्यारो क्यान्सर) जस्ता रोगले बोनम्यारोको नियमित कार्यमा बाधा पुर्याउने भएकाले यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। हाल यस्तो उपचारका लागि बिरामीहरू विदेश जान बाध्य छन्।