बिर्तामोडमा आगलागी करोडौँको क्षति, एक घाइते
barnanmedia.com · Wed Oct 07 15:31:52 GMT 2026

झापाको बिर्तामोड नगरपालिका–४ स्थित अन्नपूर्ण चोकमा आज बिहान भिषण आगलागीबाट करोडौँको भएको छ। स्थानीय देवी सुब्बाको तीन तले पक्की घरको भुईँतलामा उनका छोरा हर्कजंग सुब्बाले सञ्चालन गर्दै आएको ‘देवी उडन फर्निचर पसल’बाट बिहान ११ बजेतिर अचानक आगलागी सुरु भएको थियो।
उक्त घरसँगै जोडिएको कृष्ण कुमारी राईको घरमा दिव्याश्री अग्रवालले सञ्चालन गरेको ‘जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड सोरुम’मा समेत आगो फैलिँदा सोरुम र घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। यस्तै, पछाडि रहेका अन्य दुई वटा घरमा आगोको तापले क्षति पुर्याएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)