पत्रकार बताउने तीन जना खैरो हेरोइनसहित पक्राउ
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रबाट ठूलो मात्रामा लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रमा चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिरहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शङ्का लागेर रोकी जाँच गर्दा सवारी साधनको गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा ४४ दशमलव ३४० ग्राम खैरो हेरोइन फेला परेको थियो। पक्राउ पर्नेमा आफूलाई ‘जनजागरण खबर’ का समाचारदाता बताउने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ निवासी २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० निवासी ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर पतारी गाउँपालिका–२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)