मोबाइलको क्षतिपूर्ति माग गर्दै सिरहामा विद्यार्थीको प्रदर्शन
onlinekhabar.com · Mon Jun 08 09:30:40 GMT 2026

२५ जेठ, सिरहा । एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सिरहामा संयुक्त विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले सिरहा क्याम्पस अगाडिबाट जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले नष्ट गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, पीडित विद्यार्थीलाई न्याय दिन तथा सम्पत्तिमाथिको दमन बन्द गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेपाल प्रहरी