कृषि विकास बैंकको खुद नाफा घट्यो, लाभांश क्षमता पनि प्रभावित
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । खुद ब्याज आम्दानीमा आएको सामान्य गिरावट र इम्पेयरमेन्ट चार्ज (सम्भावित जोखिम व्यवस्था) मा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिसम्म बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ भने खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ। बैंकको नाफामा मुख्य रूपमा इम्पेयरमेन्ट चार्जको वृद्धले दबाब सिर्जना गरेको छ। अघिल्लो वर्ष ६३ करोड रुपैयाँ रहेको यस्तो चार्ज समीक्षा अवधिमा बढेर १ अर्ब १७ करोड ९० लाख रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)