नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल–इलेक्ट्रिक ‘जेइको जे–५’ एसयूभी
baahrakhari.com · Mon Jul 21 17:49:49 GMT 2025

काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रा.लि. ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे–५ सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई–५ र जेइको जे–६ ईभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिसहित नेपाली विद्युतीय सवारी बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
एडभेन्चरस यात्राका लागि डिजाइन गरिएको जेइको जे–५ मा आरामदायी सुविधासँगै अल–रोड–रेडि रगेड बनावट र डिजाइनको संयोजन गरिएको छ । यसको शार्प एंगुलर डिजाइन ‘रेन्ज रोभर’को डिजाइनसँग तुलनायोग्य छ । साथै, यसमा लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमै उत्कृष्ट इन्कोर्पोरेट गरिएको प्यानोरामिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामेरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्चस्तरीय सुविधाहरू छन्, जसले यसलाई सहरी यात्रा र हल्का अफ–रोड दुवैका लागि उपयुक्त बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)