जर्मनीको अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्यो विस्फोटक पदार्थ बोकेको ड्रोन, विस्फोट हुन पाएन
corporatenepal.com · Thu Aug 06 02:56:14 GMT 2026

जर्मनी । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी मालवाहक विमानको नजिक विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि सुरक्षा सतर्कता उच्च बनाइएको छ। मंगलबार राति करिब ११ः४० बजे विमानस्थलका एक कर्मचारीले रनवे आसपास शंकास्पद ड्रोन देखेपछि तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए। प्रारम्भिक जाँचमा ड्रोनमा विस्फोटक उपकरण जडान गरिएको पुष्टि भएपछि राज्य तथा संघीय प्रहरी घटनास्थलमा परिचालन भएका थिए ।
सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलका उडानहरू केही समयका लागि रोकिएको थियो । यस अवधिमा केही मालवाहक विमान तथा एक यात्रुवाहक उडानलाई वैकल्पिक विमानस्थलतर्फ मोडिएको जनाइएको छ। प्रहरीले बम निष्क्रिय पार्ने विशेष रोबोटको प्रयोग गरी ड्रोनमा रहेको डिटोनेटर सुरक्षित रूपमा हटाएको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार विस्फोटक निष्क्रिय पारिएसँगै तत्कालको जोखिम टरेको छ र अवस्था अहिले नियन्त्रणमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)