ओमानसँगको होर्मुज जलमार्गसम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको छ : इरान
nepalviews.com · Thu Aug 06 03:07:47 GMT 2026

एजेन्सी । इरान र ओमानबीच सामरिक रूपमा अति महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलमार्ग) भएर आवातजावत गर्ने भावी पारवहन मार्गबारेको वार्ता अन्तिम चरणमा पुगेको छ। तेहरानका अनुसार नयाँ जलमार्गको भौगोलिक कोअर्डिनेट्स (अवस्थिति) दुई देशबीच सहमति भइसकेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले बुधबार पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै जलमार्गमा व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावतका लागि सुरक्षित मार्ग निर्धारण गर्ने उद्देश्यले पछिल्लो दुई महिनादेखि ओमानसँग निरन्तर वार्ता भइरहेको बताएका छन्। उनका अनुसार दुवै पक्षले प्रस्ताव गरेको मार्गको भौगोलिक अवस्थितिमा सहमति जुटिसकेको छ र तेस्रो पक्षले कुनै अवरोध नगरेमा मुख्य बुँदाहरू समेटिएको संयुक्त वक्तव्य समेत अन्तिम मस्यौदा तयार पार्ने चरणमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)