नाट्टा रूपान्तरणमा भरतजंग पाण्डे प्यानलको ११ संकल्प, प्यानलमा को को छन्?
ratopati.com · Thu Aug 06 03:12:16 GMT 2026

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा चुनावी सरगर्मी सुरु भएको छ । यही साउन २९ गते हुने निर्वाचनका लागि विभिन्न पदका आकांक्षीहरुले लबिङ सुरु गरेका छन् । उम्मेदवारहरु प्यानल नै घोषणा गरेर प्रतिस्पर्धामा छन् ।
नयाँ कार्यसमितिको निर्वाचनका लागि भरतजंग पाण्डेको नेतृत्वमा नयाँ कार्यसमितिका लागि प्यानल घोषणा भएको छ । एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक समेत रहेका पाण्डे ‘सशक्त नाट्टा, समृद्ध पर्यटन: सदस्यसँगै, सदस्यका लागि’ भन्ने नाराका साथ प्यानल सहित चुनावी मैदानमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)