मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखाको पेट्रोल पम्प पहिरोले क्षतिग्रस्त

annapurnapost.com · Thu Aug 06 03:10:13 GMT 2026

गोरखा : अविरल बर्षापछि झरेको पहिरोले गोरखाको एक पेट्रोलपम्प पहिरोले क्षतिग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहीबार बिहान पहिरोले क्षतिग्रस्त भएको हो ।

राती १२ बजेदेखि अलिअलि गरेर झर्न थालेको पहिरोले बिहान साढे ६ बजेतिर पेट्रोलपम्पको धेरै संरचना पुरिएको पम्पका सञ्चालक भोला मरहट्टाले जानकारी दिए । ‘कर्मचारीहरुले त्यहाँ पहिरो जान थालेको भनेर राती १२ बजे नै खबर गरेका थिए । बिहान ५ बजेतिर म पनि त्यहाँ पुगेँ’, मरहट्टाले भने, ‘हेर्दाहेर्दै माथिबाट झरेको पहिरोले रिटेनिङ वाल भत्कायो । त्यसले दुवै पेट्रोल डिस्पेन्सर ढलायो । संरचनाको छानाको ट्रस्टमा पनि क्षति पुर्‍याएको छ । स्टाफ घर, जेनेरेटर हाउस, र जेनेरेटरमा पनि क्षति पुर्‍याएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)