मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन–रुसबिच फेरि आक्रमण

ratopati.com · Mon Jun 08 09:38:56 GMT 2026

काठमाडौँ । युक्रेन र रुसबिच फेरि घातक हवाई आक्रमणहरू भएको छ । जसले युद्ध विरामका लागि भइरहेका कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युरोपेली नेताहरूसँग भेट गरेको केही घण्टापछि नै दुवै पक्षले एक–अर्कामाथि आक्रमण गरेका हुन् । युक्रेनको दक्षिणपूर्वी क्षेत्र झापोरिज्जियामा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। क्षेत्रीय गभर्नरका अनुसार रूसले ड्रोन र गोलाबारी प्रयोग गरी आवासीय भवन, सवारी साधन र पूर्वाधारमा क्षति पुर्‍याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)