नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो, डीएलएसमा नेपाल अगाडि
nepalpress.com · Mon Jun 08 09:41:24 GMT 2026
काठमाडौं । नेपाल र हङकङविरुद्ध जारी एसियन गेम्स छनोटको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । नेपालले दोस्रो इनिङमा ब्याटिङ गरिरहँदा खेल रोकिएको हो ।
सिंगापुरमा भएको म्याचमा हङकङले पहिलो ब्याटिङ गर्दै नेपाललाई १८९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जिततर्फ लम्किएको अवस्थामा पानी परेर खेल रोकिएको छ । रोकिनुअघिसम्म नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन जोडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)