सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने
Ujyaaloonline.com · Sun Jan 29 01:08:08 GMT 2023
काठमाण्डाै - सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो ।
कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुनेछन् । यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)