मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

gorkhapatraonline.com · Wed Oct 07 17:18:58 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई रु एक लाख घुससहित नियन्त्रणमा लिएको छ ।

निजहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)