राजनीतिक दल र नेतामा मात्र होइन, अहिलेको व्यवस्थामा नै समस्या : लिङदेन
baahrakhari.com · Wed Feb 25 17:22:17 GMT 2026

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । पोखरामा बुधबार राप्रपाको चुनावी कोणसभामा उनले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गरे ।
“देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरू भ्रष्टाचारमा रमाए भनेर सबैले भन्दै आएका छन् । राजनीतिक दल र नेतामा मात्र समस्या होइन, अहिलेको व्यवस्थामा नै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस्,” अध्यक्ष लिङदेनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)