४० हजारसम्ममा लाइसेन्स खरिदबिक्री
ekantipur.com · Wed Jun 22 00:56:24 GMT 2022
काठमाडौँ — यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन दुई प्रमुखसहित कर्मचारी र बिचौलिया/दलालको मिलेमतोमा रद्द र मिति गुज्रिएका सयौं सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अरूकै नाममा जारी हुने गरेको पाइएको छ ।
लाइसेन्सको अभिलेख परिवर्तन गरी कर्मचारी र बिचौलियाले पैसा लिएर सम्पर्कमा आएका व्यक्तिका नाममा जारी गर्ने गरेको तथ्य अनुसन्धानबाट खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार १२ कर्मचारीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कर्मचारीकै संलग्नतामा चलिरहेको लाइसेन्सको अवैध धन्दा अनुसन्धानपछि आरोपितहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)