कृषि विकास बैंकको नाफा २९ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा बढेर प्रोभिजन बढ्दा नाफा प्रभावित
clickmandu.com · Thu Aug 06 04:06:59 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आव २०८१/८२ को तुलनामा २९.५२ प्रतिशतले घटेको हो ।
बैंकले गत असार मसान्तसम्म २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा घट्नुमा खुद ब्याज आम्दानीमा आएको संकुचन र बढ्दो सञ्चालन खर्च मुख्य कारण हो । त्यस्तै निष्क्रिय कर्जामा वृद्धि हुँदा त्यसले समेत नाफा प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)