असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ
ekagaj.com · Sun Jul 16 16:11:52 GMT 2023
गोरखा- असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ । 'यस पटक मनसुन ढिलो गरी सुरु भएको छ, मनसुन सुरु भए पनि वर्षा कम हुँदा मूल फुट्न सकेको छैन,' उनले भने, 'पानी नपरेपछि जिल्लाभित्रका टारी खेतमा रोपाइँ हुन सकेको छैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)