बुवाआमा, गुरुहरूको अगाडि घरमा बोल्न नसकिने शब्द सामाजिक सञ्जालमा पनि प्रयोग नगरौँ: सुमना
techpana.com · Wed Feb 25 17:42:55 GMT 2026

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरूलाई लक्षित गरी एआईको प्रयोगमार्फत फेक अडियो र भिडिओहरू बनाउने क्रम बढेको भन्दै त्यसतर्फ सजग रहन सर्वसाधारणलाई आह्वान गरेकी छिन् ।
बुधबार सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै श्रेष्ठले भर्चुअल संसार पनि भौतिक समाजकै एउटा हिस्सा भएको र यसलाई बस्न योग्य बनाउने जिम्मेवारी सबैको भएको बताइन् । उनले भनिन्, “अचेल जुनसुकै राजनीतिक दल वा नेताको सामाजिक सञ्जाल हेरिनसक्नु भएको छ। एआई प्रयोग गरेर फेक अडियो र भिडिओहरू बनाइँदैछ, यसबाट हामी सजग रहनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)