वर्षाका कारण विभिन्न राजमार्ग बन्द, रात्रिकालीन यातायातमा रोक
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाहरूमा बाढी, पहिरो र सडक कटानले प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले केही जोखिमयुक्त सडकहरूमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रहरी प्रधानकार्यालयबाट प्राप्त विवरणअनुसार वर्षाका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म र मकवानपुरको कान्तिलोकपथमा बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)