टी–२० विश्वकप: न्युजिल्यान्डसँग पराजित हुँदै पूर्वविजेता श्रीलंका प्रतियोगिताबाट बाहिरियो
ratopati.com · Wed Feb 25 17:48:12 GMT 2026
काठमाडौँ । सन् २०१४ को विजेता श्रीलंका आईसीसी टी–२० विश्वकप को सुपर ८ चरणबाट बाहिरिएको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डसँग ६१ रनको फराकिलो अन्तरले पराजित भएसँगै घरेलु टोली श्रीलंकाको सेमिफाइनल यात्रामा पूर्णविराम लागेको हो ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । न्युजिल्यान्डका लागि मिचेल सान्टनरले २६ बलमा सर्वाधिक ४७ रन बनाए भने रचिन रविन्द्रले ३२ तथा कोल म्याकोन्चीले अविजित ३१ रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)