मेसीले आठौं पटक जिते बालन डी'अर, एमबाप्पे तेस्रो
baahrakhari.com · Mon Oct 30 23:26:08 GMT 2023
काठमाडौं । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डी'अर अर्जेन्टिनी कप्तान लियोनल मेसीले आठौं पटक जितेका छन् ।
मंगलबार पेरिसमा आयोजित अवार्ड घोषणा समारोहबाट मेसी विजेता चुनिएका हुन् । हरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ । गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले विश्वकपमा कुल सात गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)