देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने
nagariknews.nagariknetwork.com · Thu Aug 06 04:20:39 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)