विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए
ukeraa.com

धरान : विमानस्थल बनाउने भन्दै धरान उपमहानगरपालिकाका तत्कालीन मेयर हर्कराज साम्पाङले रोकेको जग्गा कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले फुकुवा गरेका छन्। धरानको –१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि जग्गा रोक्का गरिएको थियो।
सो निर्णयका कारण धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का थियो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का मङ्गलबारदेखि फुकुवा गरिएको बताए। फुकुवासम्बन्धी निर्णय वडा नम्बर १७ कार्यालय, मालपोत तथा नापी कार्यालयमा पठाइसकिएको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)