के सीजेपी आन्दोलनमा हुँदै थियो आतंकवादी हमला ? बम बनाउने सामग्री पुगेको दाबी
annapurnapost.com · Thu Aug 06 04:39:56 GMT 2026

भारत : पञ्जाब प्रहरीले पाकिस्तानको गुप्तचर संस्था आईएसआईको समर्थन र सीमापारबाट सञ्चालित दुई आतंकवादी मोड्युलको पर्दाफास गरेको जनाएको छ । यस कारबाहीको एक दिनपछि बुधबार प्रहरीले तीमध्ये एक मोड्युलले हालै दिल्लीको जन्तर–मन्तरमा भएको विद्यार्थी आन्दोलनलाई पनि निशाना बनाउने योजना बनाएको दावी गरेको छ । साथै, मोड्युलका सदस्यहरू आवश्यक सहयोग र पेट्रोल बम बनाउन प्रयोग हुने सामग्री लिएर त्यहाँसम्म पुगेको दावी गरिएको छ ।
यसअघि मंगलबार पञ्जाब प्रहरीले चार नाबालिगसहित नौ जनालाई पक्राउ गरिएको र उनीहरूको साथबाट हतियार तथा गोला–बारुद बरामद भएको जनाएको थियो । अमृतसरका प्रहरी आयुक्त गुरप्रीत सिंह भुल्लरका अनुसार आईएसआई समर्थित एक आतंकवादी ह्यान्डलरले आन्दोलनका क्रममा मोड्युलका केही सदस्यलाई जन्तर–मन्तर पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)