जेन–जी फ्रन्टको चेतावनी: गौरी कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सडकमा आउँछौँ
ratopati.com · Wed Feb 25 18:09:42 GMT 2026

काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । फ्रन्टले बुधबारबार प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
‘निर्वाचन नभई गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले भदाै २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी यही अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई न्यायोचित कारबाही गर्ने प्रक्रिया अघि बढाउनेछ भन्ने अपेक्षा हाम्रो थियो,’ फ्रन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर पछिल्लो समय आयोगको म्याद पटकपटक थपिँदै जानु र निर्वाचनपछि फागुन २१ गतेसम्मका लागि म्याद थप गरिएको अवस्थाले हामीलाई गम्भीर रूपमा चिन्तित बनाएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)