नारायणगढ-बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा, दुई घण्टामा नारायणगढदेखि बुटवल
nepalsamaya.com · Thu Aug 06 04:46:00 GMT 2026

चितवन- निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ। नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ। त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन्।
गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो। वर्षा र चाडपर्वको बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ। यहाँका ग्यास उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ अनुभव सुनाउँछन्। सडक सहज र कतै अवरोध नभएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)