मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट

ajakoartha.com · Thu Aug 06 04:57:00 GMT 2026

काठमाडौं- धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२÷८३ मा पाँच हजार २१६ मुद्दा फछ्र्योट गरेको छ ।

अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए । यसरी कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फछ्र्योट भएको सूचना अधिकारी महतोले बताए । उनका अनुसार हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)