बेंगलोरमाथि जित निकाल्दै मुम्बई तेस्रोमा
ekantipur.com · Wed May 10 00:37:10 GMT 2023
मुम्बई — सूर्यकुमार यादवले ३५ बलमा ८३ रन बनाएपछि मुम्बईले इन्डियन प्रिमियर लिगमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । यससँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
यसअघि मुम्बई आठौं स्थानमा थियो । जितका लागि दुई सय रन पछ्याइरहेको मुम्बईका लागि सूर्यकुमारले नेहाल वाढेरासँग १ सय ४० रनको साझेदारी गरे । नेहाल ५२ रन बनाएर नटआउट रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)