खुला बजार कारोबार अब डिजिटल, अनलाइनबाटै बोलकबोल गर्न सकिने
arthadabali.com · Thu Aug 06 05:06:39 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले मौद्रिक उपकरणको सञ्चालन, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको कार्यान्वयन तथा बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनका लागि खुला बजार कारोबारलाई महत्वपूर्ण उपकरणका रूपमा प्रयोग गर्दै आएको छ । संशोधित कार्यविधिले वित्तीय प्रणालीमा देखिने न्यून तथा अधिक तरलता व्यवस्थापन गर्न प्रयोग हुने विभिन्न मौद्रिक उपकरणको सञ्चालन प्रक्रियालाई थप आधुनिक बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)