उनले अभिभावकको मञ्जुरी नलिई भागेर विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने
barnanmedia.com · Tue Sep 24 22:00:03 UTC 2024

महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिई विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले आज मातहातका सरकारी वकिल कार्यालयलाई त्यस्तो निर्देशन दिएका हुन् । उनले अभिभावकको मञ्जुरी नलिई भागेर विवाह गरेका बालबालिकाको हकमा बालकलाई शरीर बन्धक तथा अपहरण, जबरजस्ती करणी र एकीकृत कसूरजस्ता विषयमा जाहेरी पर्ने र अभियोजन गर्नेगरेको अभ्यास देखिएकाले त्यस्तो नगरी जुन विषयमा अपराध गरेको हो त्यो विषयमा मात्र सजाय गर्ने निर्णय गरी निर्देशन दिइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)