मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र ओमान बीचको खेलमा बर्षा बाधक

barnanmedia.com · Tue Sep 24 22:06:36 UTC 2024

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान बीचको खेल रोकिएको छ । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस नै हुन नसकेको हो ।

क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको हो । विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)