मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जितिया पर्वमा राष्ट्रपतिको शुभकामना : चाडपर्वको गरिमालाई सम्मानजनक बनाउन आह्वान

ratopati.com · Tue Sep 24 22:15:00 UTC 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्दै आएको बताएका छन् ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए । साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)