मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा कोठा न्यानो बनाउन हिटर जडान

thahakhabar.com

बैतडी : पाटन नगरपालिका-९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविको प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको छ। विद्यार्थीलाई चिसोबाट बचाउन हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।

शिशु कक्षादेखि कक्षा १० को प्रत्येक कोठामा २/२ वटा हिटर जडान गरिएको छ। हटर जडानका लागि प्रतिविद्यार्थी २०० रुपैयाँ संकलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरिएको हो। हिटर जडानका लागि ८३ हजार रूपैयाँ खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)