श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त
barnanmedia.com · Tue Sep 24 22:32:28 UTC 2024

श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्री चयन गरेका छन् । उनले मंगलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसको साथै उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । श्रीलंकाको इतिहासमा प्रधानमन्त्री बन्ने उनी तेस्रो महिला हुन् । दिसानायके र अमरसूर्या दुवै वामपन्थी राष्ट्रिय जनशक्ति गठबन्धनका सदस्य हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)