मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

barnanmedia.com · Wed Oct 07 19:15:00 GMT 2026

अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उहाँले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गर्नुभएको हो ।

३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाउनुभयो । उहाँले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गर्नुभयो भने निको पाजले अर्को गोल गर्नुभयो । मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)