फ्लाइओभरको भित्तामा ठोक्किएर ग्वार्कोमा बस दुर्घटना: एकको मृत्यु, ६ जना घाइते
arthasansar.com · Thu Aug 06 06:01:50 GMT 2026

ललितपुरस्थित ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बस बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते छन् । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)