मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गरिरहेका छन् : उपराष्ट्रपति यादव

ratopati.com · Tue Sep 24 23:00:00 UTC 2024

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताएका छन् ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यस पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गरे । जितिया पर्व तराई–मधेसका आमाहरुले निर्जल/निराहार २४ घण्टासम्म उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)