जितुले फेरी मुन्द्रको कमेडी क्लब ल्याउँदै
rajdhanidaily.com · Tue Feb 21 23:31:38 GMT 2023
काठमाडौं । लामो समयसम्म नेपाल टेलिभिजनबाट हास्य व्यँँग्य शो ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गरेका हास्य अभिनेता जितु नेपालले गत वर्ष यो कार्यक्रम बन्द गरेका थिए । निर्माण पक्षसँगको बिबादका कारण उनले बन्द गरेको मुन्द्रेको कमेडी क्लब अब भने कान्तिपुर टिभीबाट ल्याउने भएका छन् ।
मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै उनले यस्तो जानकारी गराएका हुन् । कि एड्भरटाईजिङले नै फेरी यो कार्यक्रमलाई प्रयोजन गर्ने बाचा गरेपछि आफुहरुले मुन्द्रेको कमेडी क्लब ल्याउन लागेको उनले बताएका छन् । यो कार्यक्रम २ चैतबाट हरेक बिहिबारसाँझ कान्तिपुर टिभीमा आउने पनि उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)